कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारीकाे १२औं साधरणसभा सम्पन्न

रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुकाे बाणगंगा नगरपालिका -६ लक्ष्मणघाटस्थित कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं साधरणसभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रमकाे बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले उद्वाटन गरिन। उनले बाणगंगामा ६१वटा सहकारी मध्ये ११वटा सहकारी प्रदेशस्तरीय ३६वटा कृषि सहकारी ,४वटा बचत तथा ऋण सहकारी लगाएतका सहकारी रहेको जानकारी दिदै सहकारीहरूकाे महत्त्व ,तिनिहरूकाे बिकासमा रहेको याेगदानकाे बारेमा चर्चा गर्दै नगरले किसानलाई दुधमा दिने प्रतिशतकाे रकम उपलब्ध गराउने प्रतिबद्धता गरिन।

त्यस्तै कार्यक्रममा बाेल्ने बक्ताहरूले संस्थाकाे पुर्ण सफलताको शुभकामना ब्यक्त गरे । संस्थाका अध्यक्ष खडग बहादुर थापाले संस्थामा बसौ उद्यमी बनौ फजुल खर्च नगरी बचत गर्ने बानी बसालौ मुल ध्येयका साथ २०६०सालमा स्थापना भई आफ्नो दैनिक सेवाहरू सञ्चालन गर्दै आइरहेकाे जानकारी गराउदै संस्थालाई निरन्तरता दिन शेयर सदस्य संख्या बृद्धि गर्ने निष्कृय शेयर सदस्यहरूलाई आर्थिक गतिविधि मा सक्रिय बनाउने ,सदस्यहरूकाे ब्यवसायिक आवश्यकता पूरा गर्न शेयर पुँजीमा बृद्धि गर्ने जस्ता भावी याेजना अगाडि सारे ,संस्थाकि काेषाध्यक्ष अपिला भुसाल (टण्ड)ले आ ब. २०८०/०८१मा संस्थाकाे कुल निक्षेप २९लाख ६९हजार ९०२रूपैयाँ रहेको जानकारी सहित १कराेड ८७लाख २३हजार २३४बराबरको आय-ब्याय सार्वजनिक गरिन, लेखा संयाेजक दिपेन्द्र आचार्यले हाल संस्थामा ३४३जना शेयर सदस्य मध्ये ११४जना महिला र २२९जना पुरूष रहेको प्रष्ट पार्दै संस्थाकाे शेयर पुँजी २५लाख ६९हजार ७सय रहेको प्रगतिप्रतिवेदन सभामा पेश गरे।

विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,शेयर सदस्य ,जनप्रतिनिधि ,समाजसेवी ,सुरक्षाकर्मी लगाएतकाे सक्रिय सहभागी रहेको कार्यक्रम खडगबहादुर थापाको अध्यक्षता वडा न.६का वडाध्यक्ष करूण टण्डनकाे बिशिस्ट अतिथि रामचन्द्र मरासिनीकाे स्वागत मन्त्ब्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चन्द्रमणि क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै