

पुस २७ गतेबाट भलवाड व्याटमिन्टन कप हुने





नवराज बेल्वासे : कपिलवस्तुको वाणगंगा नगरपालिका-९, भलवाडमा यसपटक माघे संक्रान्तिको अवसरलाई थप रङ्गीन बनाउन एक ऐतिहासिक प्रतियोगिता आयोजना हुने भएको छ। प्रथम भलवाड व्याडमिन्टन कप को तयारीले गाउँभर उत्साह र कौतुहलताको माहौल सिर्जना गरेको छ।
पुस २७ गतेदेखि सुरु हुने यो प्रतियोगिता शुद्धोधन जन जीवन माध्यमिक विद्यालयको प्रांगणमा हुनेछ, जहाँ वाणगंगा ७, ८ र ९ नम्बर वडाका प्रतिभावान खेलाडीहरूको भिडन्त हुनेछ।
प्रतियोगिताका विजेता जोडीले नगद रु. १५,०००, आकर्षक कप, र प्रमाणपत्र प्राप्त गर्नेछन्। खेलकुदको माध्यमबाट युवाहरूमाझ एकता र सहकार्यको भावना विकास गर्न यो प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
भलवाड व्याडमिन्टन खेल समूहका अध्यक्ष नमु गुरुङ्गले भने, “युवाहरूलाई खेलकुदतर्फ प्रेरित गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ।”
प्रतियोगिताको मुख्य प्रयोजक खोजिपुर सामुदायिक बन जिनुवा रहने छ भने प्रथम पुरस्कार साना किसान कृषि सहकारी संस्था लिमिटेड जिनुवा, द्धितिय पुरस्कार सरेपानी सामुदायिक बन पडेरीयाको सहयोग रहने छ ।
प्रतियोगिताको तयारीमा जुटेका स्थानीय खेल प्रेमीहरू अझै उत्साहित छन्। यस्तो अद्वितीय अवसरले भलवाडको खेलकुद क्षेत्रमा नयाँ जोश थप्ने अपेक्षा गरिएको छ।
माघे संक्रान्तिको रमाइलो र यो प्रतिस्पर्धा एकसाथ हुने भएकाले, भलवाडले यसपटक झन् रोचक रूपमा खेलकुद र सांस्कृतिक माहौललाई एकैसाथ अनुभव गर्नेछ।
खेल संयोजक ज्ञानु बुढा मगरले भने “यो प्रतियोगिता भलवाडको खेलकुद क्षेत्रमा ऐतिहासिक क्षण हुनेछ। युवाहरूलाई खेलकुदको माध्यमबाट एकजुट गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले हामीले यो आयोजना गरेका हौं। प्रतिस्पर्धाले नयाँ खेलाडीहरूलाई प्रोत्साहन दिनेछ भने स्थानीय समुदायमा पनि खेलप्रतिको रुचि र जागरूकता बढाउनेछ। सबै खेलप्रेमीहरूलाई यो कार्यक्रमलाई सफल बनाउन आग्रह गर्दछु।”
उनको भनाइले प्रतियोगिताको महत्व र यसको दीर्घकालीन प्रभावबारे थप उत्साह थपिदिएको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया