

नेपालमा कोरोना : ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो



कार्तिक १८काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
त्यसैगरी २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो। अहिले आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन्।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया