एनपीएलको एक खेल बाँकी, सर्वाधिक रन बनाउनेमा रोहित दोस्रो नम्बरमा

साझाकुरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा ३२ मध्ये ३१ खेल सकिएका छन् । फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लागिसकेको छ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आउने शनिबार फाइनल खेल हुनेछ । विजेताले नगद १ करोड ११ लाख पुरस्कार पाउनेछ ।

अहिलेसम्म व्यक्तिगत रुपमा धेरै रन बनाउने र विकेट लिने खेलाडीमा विदेशी खेलाडी अगाडि छन् ।व्यक्तिगत सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीमा भने विदेशी खेलाडीहरु नै अघि छन् । फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १६ विकेटसहित विकेट लिनेमा अघि छन् । जनकपुर बोल्ट्सका ललित राजवंशीले पनि समान विकेट लिएका छन् ।

यसैगरी सर्वाधिक रन बनाउने खेलाडी चितवन राइनोजका रवि बोपारा छन् । उनले २८६ रन बनाएका छन् । यस्तै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७९ रन बनाएका छन् । दुवै खेलाडीका टिम फाइनलमा छैनन् । त्यसैले उनीहरुलाई पछ्याइरहेका जनकपुर बोल्ट्सका जिमी नीशमले उछिन्न सक्छन् । नीशमले २४३ रन बनाएर तेस्रो स्थानमा छन्।
यस्तै फाइनल भिडन्त तय गरेको सुदुरपश्चिम रोएल्सका कप्तान दिपेन्द्र सिँह ऐरी पनि सर्वाधिक रन बनाउने नेपाली खेलाडीको अग्र पंतिमा आउने दाउमा छन् । उनले हाल सम्मका खेलबाट आफ्नो नाममा २१५ रन बनाएका छन् । उनको एक खेल बाँकी नै रहेका करण पनि उनले रोहितलाई पछि पार्ने सम्भावना बलियो छ । यद्यपी नेपाली खेलाडीहरुको हकमा अब एक खेल बाँकी रहदा रोहित पौडेल पहिलो नम्बरमा छन् ।

प्रतिक्रिया

खबर सबै