

दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



दाङ| दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिब ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मङ्गलवार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लाल मटियाको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको बसले पश्चरततर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । घट्नापश्चात् आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए ।
मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि राती सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभएको छ ।
गोरखापत्रअनलाइनबाट ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया