

विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो, प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै

काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो ।
काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै २५ रन बनाए । काठमाण्डौका गेराल्र्ड इरासमसले तीन विकेट लिए । यस्तै दिपेश कँडेलले दुई विकेट लिए । शाहव आलम, करन केसी र डन डाउथवेटले समान एक विकेट लिए ।
यो जीतसँगै काठमाण्डौले प्लेअफ सम्भावना कायमै राखेको छ । भोलि सोमवार कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउँनेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
आजको दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्लेअफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया