

कपिलवस्तु महोत्सवमा ‘डिजर्ट साइक्लिङ् च्यालेञ्ज’ : बाणगंगाका गैरे भए प्रथम

“बाणगंगा राइडर्स क्लवको डिजर्ट साइक्लिङ च्यालेञ्ज: ९६ साइक्लिष्टको प्रतिस्पर्धामा अर्सुन गैरेले गरे ऐतिहासिक जित!”
साझाकुरा, जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षणको रुपमा संचालन गरिएको डिजर्ट साइक्लिङ च्यालेञ्ज प्रतियोगितामा चार नम्बरका अर्सुन गैरेले प्रथम स्थान प्राप्त गरेका छन् । शनिबार महोत्सव स्थलमा बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यो कार्यक्रम आयोजना गरेको थियो ।
महोत्सव स्थल बुद्ध रंगशालामा संचालित यो प्रतियोगितामा ९६ जनाले प्रतिश्पर्धामा भाग लिएका थिए । कार्यक्रम आयोजक संस्थाका मुल्याङ्कन समितिका संयोजक विष्णु घिमिरेका अनुसार प्रतियोगितामा सहभागिहरु मध्ये १० सेकेण्डको समयमा सबैभन्दा बढी ४० फिट दुरी पार गर्दै गैरे प्रथम भएका हुन भने ८ सेकेण्डको समयमा ३३ फिट दुरी पार गर्दै अरबिन श्रेष्ठले द्धितीय स्थान प्राप्त गरेका छन । यस्तै ९ सेकेण्डको समयमा ३० फिट दुरी पार गरेका बाणगंगा ९ जिनुवाका रञ्जल पन्थले तृतीय पुरस्कार हात पारे ।

प्रतियोगितामा प्रथम भएका गैरेले २० हजार मुल्य बराबरको माउण्टेन साइकल पुरस्कार पाएका छन भने द्धितीय भएका श्रेष्ठले नगद १० हजार र तृतीय भएका पन्थले नगद ५ हजार पुरस्कार पाएका कार्यक्रम मुल्याङ्कन समितिका संयोजक विष्णु घिमिरेले साझाकुरालाई जानकारी दिए । यो प्रतियोगिताले यहाँका सबै उमेरसमुहका मानिसमा साइक्लिङ प्रति रुचि जगाएको पनि उनको भनाइ छ ।
महोत्सव स्थलमा प्रवेश गरेका दर्शकहरुलाई निशुल्क यो खेल अवलोकन गर्ने छुट दिइएको थियो । खेलको लागि बालुवाको लिग भएको निश्चि दुरी बनाइएको थियो । जहाँ प्रतियोगितामा सहभागीहरुले साइकल गुडाएर सबैभन्दा छिटो दुरी पार गर्नुपर्ने नियम थियो । सोही नियममा रहेर प्रथम, द्धितीय र तृतीय घोषणा गरिएको हो ।
पछिल्लो समय बिभिन्न सामाजिक र मानवीय गतिविधि गरेर पछिल्लो समय चर्चामा रहेको बाणगंगा राइडर्सले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको जनाएको छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया