

सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।
यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।
यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।
दुवै टोलीमा एक-एक जना खेलाडी परिवर्तन गरिएका छन् । लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिममा रोहन मुस्तफा बाहिरिँदा वसन्त खत्री भित्रिएका छन् ।
लुम्बिनी लायन्सका बेन कटिङ आज पनि बेन्चमा छन् । चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङले पहिलो खेल खेलेपछि लगातार दुई खेलमा बेन्चमै सीमित भएका हुन् ।
दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ । टिकट पनि अघिल्लो दिन नै सोल्डआउट भइसकेको थियो ।
लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी
सुदूरपश्चिम रोयल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया