१५ ओैँ कपिलवस्तु महाेत्सवमा विद्यालय स्तरीय व्याडमिण्टन प्रतियोगिता, उत्कृष्ट पाँच टाेली छानिए

साझाकुरा, कपिलवस्तु— कपिलवस्तु उद्योग वाणिज्य संघ कपिलवस्तुको आयोजनामा जारी १५औँ कपिलवस्तु महोत्सव अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा क्वाटरफाइनलका पाँच टाेलीकाे टुङ्गो लागेकाे छ । याे प्रतियोगितामा बाणगंगा–९, का विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै यहाँका दुई विद्यालयले समिकरणकाेअर्को चरणमा प्रवेश गरेका छन् । वडा नम्बर ९ बाट भर्तापुर आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरे ।

भर्तापुर आधारभूत विद्यालयका विद्यार्थी रिजन गिरी र आयुश बुढाले आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै आगामी चरणमा स्थान बनाउन सफल भएका छन्। यस्तै याे प्रतियोगितामा अब शनिबार भर्तापुर आधारभूत विद्यालयले बालकल्याण आधारभूत विद्यालयसँग प्रतिश्प्रधा गर्ने छ भने स्काइलर्क र ज्ञानपुञ्ज स्कुलले व्याडमिण्टनमा भिड्ने छन् । हाेराइजनले वाई पाएकाे छ ।

उद्योग वाणिज्य संघ कपिलवस्तुले महोत्सवका विभिन्न गतिविधिमार्फत स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्दै आएको छ। प्रतियोगिताको यो उपलब्धिले यस क्षेत्रका खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

अबको चरणमा उनीहरूले अझ कठिन प्रतिस्पर्धा सामना गर्नुपर्ने भए पनि, आफ्नो आत्मविश्वास र तयारीका साथ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका आयोजक र दर्शकहरूले पनि खेलाडी विद्यार्थीहरूको सफल यात्राको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

खबर सबै