

तेस्रो मोतिपुर फुलबारी कप : आजदेखि सेमिफइनल भिडन्त

१५ मंसिर २०८१, कपिलवसतु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा जारी तेस्रो मोतिपुर फुलबारी कप फुटबलको सेमिफाइनल भिडन्त आजदेखि सुरु हुँदै छ । जारी प्रतियागितमा सहभागी १२ टोली मध्ये शीर्ष चारमा पर्ने टोलीहरुको टुङ्गो लागेसँगै शनिबार पहिलो सेमिफाइनल भिडन्त हुन लागेको हो ।
सेमिफाइनलका लागि मोतिपुर प्रगतिशील युवा क्लव, देवदह एफ्सी, थ्री ब्रदर्श एफसी चप्परगाउँ र चाँदनी एफ्सी दानापुरले स्थान बनाएका थिए । सोही अन्र्तगत शनिबार पहिलो सेमिफाइनल अन्र्तगत मोतिपुर प्रगतिशील युवा क्लव मोतिपुर र देवदह एफसी खेल्ने आयोजक संस्थाका अध्यक्ष शंखरप्रसाद न्यौपानेले जानकारी दिए ।
आयोजकका अनुसार दोस्रो सेमिफाइनल आइतबार ब्रदर्श एफसी चप्परगाउँ र चाँदनी एफसी दानापुरबिचमा हुने छ । सेमिफाइनलबाट एक एक टोलीले उपाधि भिडन्तका लागि स्थान बनाउँने छन् । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते दिउसो १ बजे देखि हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले नगद रु। १,०१,१११, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु। ५१,१११, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजकले यसले खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग पु¥याउने विश्वास लिएको जनाएको छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया