

लगातार दुई दिन घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?



१२ मंसिर २०८१, काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको भाउ फेरि फेरि उकालो लागेको छ । दुई दिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य आज (बुधबार) फेरि बढेको हो । नेपाल–सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन–चाँदीको मूल्य ओरालो लागेको थियो । आज फेरि बढेको हो । सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ ।
यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो । यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ कायम भएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया