
लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका एक भारतीयसहित दुई चिनियाँ नागरिक पक्राउ

रुपन्देही | गैरकानुनी रूपमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका एक भारतीयसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।
शुद्धोधन गाउँपालिका(५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो।
भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षे अरबाज शेषले मोटरसाइकलमा उनीहरु ल्याउँदै गर्दा चिनियाँसहित उनी पक्राउ परेका हुन्।
लिगुईएन्जुईसँग मात्र चिनियाँ पासपोर्ट भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए। लिगुईएन्जुईका साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाईल र १४ हजार ७५० भारतीय रुपैयाँ बरामद गरिएको छ।
गैरकानुनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया