

तेस्रो माेतिपुर फुलबारी कप : मुहान एफ्सी बिरुद्ध एन.एस.वाइ.सी चाैवाहकाे जित



मंसिर ०८ । ”खेल खेलौं, स्वस्थ रहौं” भन्ने नाराका साथ तेस्रो मोतिपुर फुलबारी कप सुरु भएको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एनएस.वाइ.सि बाणगंगा ९ ले बाणगंगा ४ को मुहान युवा क्लब झुगाँलाई ३-० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। करिब साढे तीन बजे सुरु भएको यो खेल निर्धारित ९० मिनेटसम्म चल्यो।
भोलि दिउँसो २ बजे खस्यौली एफ.सी. बुटवल र युनाइटेड एफ.सी. पडेरियाबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष विष्णु गिरीले मोतिपुर फुलबारी कप वडा नं. ७ को ब्रान्डका रूपमा स्थापित भएको बताउँदै यो कपलाई निरन्तरता दिन वडा कार्यालयले सदैव साथ दिने प्रतिवद्धता व्यक्त गरे।
क्लबका अध्यक्ष शंकर प्रसाद न्यौपानेका अनुसार, खेलकुदको माध्यमबाट स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय खेलाडीहरूलाई सहभागी गराइएको छ।
प्रतियोगिताको विजेताले नगद रु. १,०१,१११, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. ५१,१११, मेडल र प्रमाणपत्र पाउनेछ। आयोजकले यसले खेलाडीहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याउने विश्वास लिएको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया