

लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित



काठमाडौ : अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो ।
अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९.५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए ।
अमेरिका लागि तीन खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन बनाए । उनले ८७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे । आरोन जोन्सले २६ रन बनाए ।
नेपाल यसअघिको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।
सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया