

नामिबियाका कप्तान एरास्मसले काठमाण्डौ गुर्खाजबाट एनपीएल खेल्ने


काठमाण्डौ : नामिबियाको क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमाण्डौले दोस्रो विदेशी खेलाडीका रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यसअघि काठमाण्डौले विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । एरास्मसले नामिबियाका लागि ५२ एकदिवसीय तथा ६५ टी–२० खेल खेलेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया