

साफ महिला फुटबल : नेपाल र श्रीलङ्काको खेल आज


काठमाण्डौ : काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।
यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया