

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि


काठमाण्डौ – नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ ।
अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो ।
नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।
टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । त्यसपछि भने अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया