

न्युजिल्यान्डविरुद्ध भारत ४६ रनमा आउट

काठमाडौं : न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट सिरिजमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ।
पहिलो दिन वर्षा भएपछि दोस्रो दिनबाट खेल शुरु भएको थियो। टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली ३१.२ ओभरमा ४६ रनमा अलआउट भएको हो।
टेष्ट क्रिकेटमा भारतले भारतमै बनाएको यो नै सबैभन्दा कम स्कोर हो।
भारतका लागि रिसब पन्तले सर्वाधिक २० रन बनाउँदा यसश्वी जयसवालले १३ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विन शून्यमै आउट भए।
न्युजिल्याण्डका लागि म्याट हेनरीले सर्वाधिक पाँच विकेट लिए। योसँगै हेनरीले टेष्ट क्रिकेटमा एक सय विकेटको माइलस्टोन पूरा गरेका छन्।
त्यसबाहेक विलियम वोरोर्केले चार र टीम साउथीले एक विकेट लिए।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया