

‘पोन्ड क्रस कन्टेस्ट विथ रोप’ को उपाधि विशाल थारुलाई





कपिलवस्तुको बाणगंगा नगरपालिका– ३ राजापानीमा भएको ‘पोन्ड क्रस कन्टेस्ट विथ रोप’ (डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल) को उपाधि विशाल थारुले जितेका छन् । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना बुधबार भएको उक्त साहसिक खेलको सिनियरतर्फको विजेता भएसंगै थारुले नगद ५१ हजार १११ रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाए ।
यस्तै सुशील थारु द्धितीय र रोशन श्रेष्ठले तृतीय हुन सफल भए । द्धितीय हुनेले २५ हजार १११ र तृतीय हुनेले १५ हजार १११ रुपैयाँ प्राप्त गरे । जुनियरतर्फको विजेता अभिषेक खड्का भए । उनले ११ हजार १११ प्राप्त गरे । यस्तै जुनियर तर्फ नै कपिल सापकोटा द्धितीय र सौरभ शर्मा तृतीय भए । सापकोटाले सात हजार १ सय ११ र शर्माले ५ हजार १११ रुपैयाँ प्राप्त गरे ।
सिनियरका लागी ४८ मिटर र जुनियरका लागी २५ मिटरको दुरी निर्धारण गरिएको थियो । यद्यपी प्रतियोगितामा सहभागी हुने कुनै पनि प्रतियोगिले निर्धारित दुरी पार गर्न सकेनन् । खेल सिनियर र जुनियर गरि दुई उमेर समूहमा विभाजन गरि खेलाईएको थियो ।
जुनियरतर्फ ८ देखि १६ बर्षका बालबालिकाहरु सहभागी थिए भने सिनियरतर्फ १७ बर्षदेखि माथिका व्यक्तिहरुले भाग लिन लिएका थिए । लायन्स क्लव अफ कपिलवस्तुले पोन्ड क्रस कन्टेस्ट विथ रोप’ (डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल) पहिलो पटक गराएको हो ।
क्लवले यो साहसिक खेल नेपालमै पहिलो पटक आफुहरुले गराएको दाबी गरेको छ । विगतमा लायन्सले ‘साइकल प्लाङक ब्यालेन्स’ गराउँदै आएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया