



‘पोन्ड क्रस कन्टेस्ट विथ रोप’ को उपाधि विशाल थारुलाई


कपिलवस्तुको बाणगंगा नगरपालिका– ३ राजापानीमा भएको ‘पोन्ड क्रस कन्टेस्ट विथ रोप’ (डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल) को उपाधि विशाल थारुले जितेका छन् । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना बुधबार भएको उक्त साहसिक खेलको सिनियरतर्फको विजेता भएसंगै थारुले नगद ५१ हजार १११ रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाए ।
यस्तै सुशील थारु द्धितीय र रोशन श्रेष्ठले तृतीय हुन सफल भए । द्धितीय हुनेले २५ हजार १११ र तृतीय हुनेले १५ हजार १११ रुपैयाँ प्राप्त गरे । जुनियरतर्फको विजेता अभिषेक खड्का भए । उनले ११ हजार १११ प्राप्त गरे । यस्तै जुनियर तर्फ नै कपिल सापकोटा द्धितीय र सौरभ शर्मा तृतीय भए । सापकोटाले सात हजार १ सय ११ र शर्माले ५ हजार १११ रुपैयाँ प्राप्त गरे ।
सिनियरका लागी ४८ मिटर र जुनियरका लागी २५ मिटरको दुरी निर्धारण गरिएको थियो । यद्यपी प्रतियोगितामा सहभागी हुने कुनै पनि प्रतियोगिले निर्धारित दुरी पार गर्न सकेनन् । खेल सिनियर र जुनियर गरि दुई उमेर समूहमा विभाजन गरि खेलाईएको थियो ।
जुनियरतर्फ ८ देखि १६ बर्षका बालबालिकाहरु सहभागी थिए भने सिनियरतर्फ १७ बर्षदेखि माथिका व्यक्तिहरुले भाग लिन लिएका थिए । लायन्स क्लव अफ कपिलवस्तुले पोन्ड क्रस कन्टेस्ट विथ रोप’ (डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल) पहिलो पटक गराएको हो ।
क्लवले यो साहसिक खेल नेपालमै पहिलो पटक आफुहरुले गराएको दाबी गरेको छ । विगतमा लायन्सले ‘साइकल प्लाङक ब्यालेन्स’ गराउँदै आएको थियो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया