बाढीका कारण क्षति बेहोरेका व्यवसायीहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघको सहयोग

कपिलवस्तु । प्राकृतिक प्रकोप बाट क्षति बेहोरेका व्यवसायीहरुलाई कपिलवस्तु उद्योग वाणिज्य संघले सहयोग गरेको छ । केही समय अगाडि परेको अविरल वर्षाका कारण भएको बाढी र डुबान बाट क्षती बेहोरेका यस क्षेत्रका २८ बढी व्यवसायीहरुलाई पाँच/पाँच हजारका दरले आज एक कार्यक्रमका बिच राहत स्वरुप उक्त रकम प्रदान गरिएको हो ।

संघले क्षती भएका व्यवसायीहरु माझ निवेदन माग गरेको थियो । सोहि अनुरुप संघका उपाध्यक्षहरुको समुहले उक्त निवेदन माथी छलफल र जाँच गरेर पाँच÷पाँच हजारका दरले सहयोग गर्ने निर्णय गरिए अनुसार उक्त रकम प्रदान गरिएको संघका एसोसिएट उपाध्यक्ष रामजी शेनले बताउनुभयो ।

यता दशै तिहार जस्ता चाडपर्वको मुखमा संघले गरेको सहयोगले राहत महशुस भएको भन्दै व्यवसायीहरुले खुसी व्यक्त गरेका छन ।

संघका पुर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य देवी प्रसाद पाण्डेले संघले उद्योगी व्यवसायीलाई गरेको सहयोग महत्तवपूर्ण रहेको भन्दै संघले सधै अभिभावकत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रका व्यवसायीहरु पनि प्राकृतिक प्रकोपको क्षती बाट जोगिन नसकेको भन्दै सानो भएपनी सहयोग गरेको बताउनुभयो । आफुहरुको सहयोग व्यवसायीको क्षतिको तुलनामा निक्कै नै नगन्य रहेको स्विकार गर्दै संघले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संघले नजिकिदै गरेका चाडपर्वको अवसरमा चियापान कार्यक्रम अयोजना गरेको हो । प्राकृतिक प्रकोपका कारण देशमा ठुलो जनधनको क्षति भएको भन्दै हरेक वर्ष गरिने शुभकामना आदान प्रदान कार्यक्रमलाई चियापान कार्यक्रममा मात्र सिमित गरिएको महासचिव नवदत्त घिमिरेले बताउनुभयो ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगायतले देश प्राकृतिक प्रकोपका कारण अफ्ठ्यारो स्थितिमा रहेको भन्दै यो समयमा भाषण भन्दा काम गर्न आवश्यक रहेको बताउनुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको पक्षमा निरन्तर काम गरिरहेको भन्दै त्यसलाई सक्रिय रुपमा निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल, उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल), संघका सल्लाहकार मोहन न्यौपाने लगायतले बोल्दै नजिकिदै गरेका चाडपर्वको अवसरमा शुभकामना दिदै यस्ता चाडपर्वले विषम परिस्थिति बाट माथी उठ्न शक्ति प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै यस्तो शोकको घडिमा यहाँका सबै संघ संस्था एक भएर लाग्नुपर्नेमा उनीहरुको जोड रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले देशमा प्राकृतिक प्रकोपले पुर्याएको क्षती प्रती दुख प्रकट गर्दै यस्तो विषम परिस्थितिमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

चियापान कार्यक्रम संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष हुमनाथ पौडेलको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै