

पूर्व राज्यमन्त्री सहित १० जना जुवा खालबाट पक्राउ



कार्तिक १६, ई-साझाकुरा
पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरूलाइ महानगरीय प्रहरी प्रभाग स्वयम्भुको टोलीले स्वयम्भुको फेमिली क्वार्टर नजिक साइँली तामाङको घरबाट पक्राउ गरेको हो ।
महानगरीय वृत्त स्वयम्भूका अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन् ।
जुवा खालबाट नगद १ लाख ५३ हजार रुपैयाँ पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
तत्कालीन सद्भावना पार्टीका तर्फबाट पटक–पटक चुनाव जितेका राय विवादमा आइरहने व्यक्ति हुन् । उनी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राय राज्यमन्त्री भएका थिए ।



खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया