

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा घरेलु टोली क्यानडासँग नेपाल पराजित : आज ओमानसँग खेल्ने


त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
क्यानडाका लागि साद विन जाफरले अविजित ३३ रन बनाए । कप्तान निकोलस किर्तनले २६ रन जोडे । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।
राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर अनिल शाहले सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० रन जोडे । ९ ओभरमा कुनै पनि विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो । क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान एक विकेट लिए ।
शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले चौथो तथा अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया