

दाङमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

बुटवल : पश्चिमबाट आउँदै गरेको ट्रकले दाङको भालुबाङस्थित पुल्चोक तीनकुनेमा पैदलयात्रीलाई ठक्करबाट एक परुषको मृत्यु भएपछि विहानैदेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विहान साढे ८ बजेदेखि राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् ।
पश्चिमबाट आउँदै गरेको सुदूरपश्चि प्रदेश ०१-००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिँदा राप्ती गाउँपालिका-१ का स्थानीय व्यापारी ५० वर्षीय लोकप्रसाद भट्टराईको ज्यान गएको थियो । घटनापछि दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसहित शव सडकमै राखेर स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । ट्रक र चालकलाई अस्थाई प्रहरी पोष्ट कालकाटेमा नियन्त्रणमा लिई राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । सडक खुलाउनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
विहान करिब ८ः१५ बजेको समयमा बाटो क्रस गर्ने क्रममा स्थानीय व्यापारी भट्टराईलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै आक्रोसित भएका स्थानीय विहान साढे ८ बजेदेखिनै सडक अवरुद्ध पार्दा उक्त सडक हुँदै गुड्ने सवारी तथा यात्रुहरु अलपत्र परेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया