

बुटवल-पाल्पासहित विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध, सूचारु हुन कति लाग्छ समय ?



बुटवल : शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-५, केराबारीमा पहिरोले सडक पुरिएपछि बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, र गुल्मी जाने–आउने सबै सवारीसाधन बीच बाटोमै थुनिएका छन्। यात्रुहरू अलपत्र परेका छन्, धेरैले अब कहिले यात्रा पुनः सुरु हुन्छ भन्ने आशामा कुर्दै बस्नुपरेको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार यो सडक शनिबार बिहानमात्रै खुल्न सक्ने आशा गरिएको छ। लगातारको वर्षा र रातको समयमा पहिरो पन्छाउन समस्या भएको कारण उद्धार कार्यमा ढिलाइ भएको बताइएको छ।
यात्रुको धैर्यताको परीक्षा
पाल्पाको बर्तुङ–पोखरा सडक र रोल्पाको सहिद मार्ग पनि पहिरोको चपेटामा परेको छ। बगनासकाली–१ मा पहिरोले बाटो बन्द हुँदा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। गुल्मीको छत्रकोट गाउँपालिकामा पनि पहिरो जाँदा रिडी–तम्घास सडक खण्ड अवरुद्ध भएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया