

बाँकेमा महिलाहरुको उद्यम : दसैँमा २५० खसीबोका बिक्रिका लागि तयार


बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।
गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् ।
‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन् ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’
विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।
व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ ।
महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन् । पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन् ।
प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार सात सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए ।
अन्य समयमा भन्दा दसैँतिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताइन् । हाल सहकारी आबद्ध किसानसँग ५२५ रुपैयाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपैयाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ ।
सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब ६०० किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताइन् । रासस


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया