

कपिलवस्तु टेक्निकल इनिस्टिच्युटले खुलायो विशेष छुटका साथ ‘फिजियोथेरापी र सर्वे इन्जिनियरिङ’मा विद्यार्थी भर्ना


कपिलवस्तु | वाणगंगा नगरपालिका वडा नं २ पिपरामा, कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले दशै र तिहारको अवसरमा फिजियोथेरापी र सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ भर्ना खुलाएको छ। प्रमुख अरुण पाण्डेले जानकारी दिनुभएको अनुसार, तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) र १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN)मा भर्ना गर्न इच्छुक विद्यार्थीहरूका लागि यो एक उत्कृष्ट अवसर हो।

कपिलवस्तु टेक्निकल इन्स्टिच्युट २०५४ मा स्थापित भएको हो र यसले लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउनेमा ख्याल राखेको छ। महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित यस इन्स्टिच्युटले १८ महिने कार्यक्रम सञ्चालन गर्दै आएको छ र हालै २०७९ बाट फिजियोथेरापी कार्यक्रम पनि सुरु गरेको छ। निकट भविष्यमा फार्मेसी कार्यक्रममा पनि थपिने तयारी भइरहेको बताइएको छ।
फिजियोथेरापीको विदेशमा पनि ठूलो माग रहेको र यस इन्स्टिच्युटबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकारहरूले बताएका छन्।
साथै, प्रमुख अरुण पाण्डेले नजिकिदै गरेको दशै, तिहार र छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी र देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया