

निजी स्वास्थ्य संस्थाले हटाउन थाले लुम्बिनी प्रादेशिक अस्पतालको नाम जोडेर गरेर बिज्ञापन





बुटवल : सरकारी चिकित्सक र स्वास्थ्यकर्मीको नामको दुरुपयोग रोक्न निर्देशन जारी भएसँगै बुटवलका निजी स्वास्थ्य संस्थाहरूले प्रचार सामग्री हटाउन थालेका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालका नाम र पदलाई निजी अस्पतालका साइनबोर्ड, ओपीडी टिकट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार गर्न प्रतिबन्ध लगाएपछि मेटाउने कार्यले तीव्रता पाएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार मन्त्रालयको निर्देशन पछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि यसबारे सूचित गरिएको छ। उनले निर्देशनको स्वागत गर्दै, सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरूको नाम दुरुपयोगलाई पूर्णतः रोक्न कडाइका साथ पालना गरिने बताए। डा. ढकालले अस्पताललाई विशेषीकृत सेवामा रूपान्तरण गर्दै स्वास्थ्य सेवा सुधारका लागि थप योजनाहरू कार्यान्वयन गरिने जानकारी पनि दिए।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले पनि प्रदेश सरकारले दिएको निर्देशनको समर्थन गर्दै, प्रादेशिक अस्पतालले उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजनामा काम गरिरहेको बताए। उनले सेवाग्राहीलाई प्रादेशिक अस्पतालमै सम्पूर्ण उपचार उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गरे।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारी चिकित्सकले निजी स्वास्थ्य संस्थामा नाम झुण्ड्याउने पुरानो चलनलाई अन्त्य गर्न सख्त कदम चालिएको बताए। मन्त्रालयले सरकारी अस्पतालहरूको व्यवस्थापन, जनशक्ति र उपकरणहरूको सुधारमा ध्यान केन्द्रित गर्दै तत्कालीन र दीर्घकालीन योजना अघि बढाएको उनले स्पष्ट पारे।
गत भदौ २८ गते मन्त्रिस्तरीय बैठकले सरकारी अस्पतालमा नियुक्त चिकित्सक र स्वास्थ्यकर्मीको नाम निजी संस्थाहरूले प्रचारका लागि प्रयोग गर्न नपाउने निर्णय गरेको थियो, जसले बुटवलका निजी अस्पतालहरूलाई आफ्नो प्रचार सामग्री मेटाउन बाध्य बनाएको छ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया