

ज्यान मार्ने उद्योग मुद्दामा वडा अध्यक्षसहित १० जना थुनामा


जिल्ला अदालत बाँकेले राप्ती–सोनारी गाउँपालिका –२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश दिपक घिमिरेको इजलाशले आइतबार वडा अध्यक्ष वलीसहित १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । वडाध्यक्ष वली, बिशाल बस्नेत, चुडामणी वली, लोकबहादुर डाङ्गी र रत्नबहादुर भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरु पाँचैजना पक्राउ परेका छन् ।
यसैगरी हाल फरार रहेका नारायण डाङ्गी, नविन गुरुङ, आगमनप्रताप सिंह, सन्तोष गुप्ता र पूर्णचन्द्र देवकोटाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दाको वहस जारी रहँदा आईतबार पनि जिल्ला अदालत बाहिर दुबै पक्षले धर्ना दिएका थिए ।
राप्ती–सोनारी –२ का स्याण्डी भनिने सन्दिप विष्ट र बैजनाथ –७ का सुलभ मल्ललाई एक समूहले गत भदौं १ गते धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए । मल्ल र विष्टको शिक्षण अस्पताल नेपालगञ्ज, भारतको लखनउ हुँदै हाल नयाँ दिल्लीमा उपचार भइरहेको छ ।
विष्टको दुबै हातमा र मल्लको कोखामा धारिलो हतियार प्रहार भएको छ । दुबैको अवस्था गम्भीर रहेको आफन्तका सदस्यको भनाइ छ । बिष्ट र मल्लमाथि आक्रमण भएको घटनामा संलग्न रहेको भन्दै वडाध्यक्ष वलीसहित १० जनाबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
गाेरखापत्रबाट ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया