

दाङको भमके खोलामा बाढीले पानी आपूर्तिमा समस्या, पाइपलाइन बगेपछि संकट



दाङ : भमके खोलामा आएको बाढीका कारण खानेपानीको मुख्य पाइपलाइन बगाएपछि अश्वारा क्षेत्रको पानी आपूर्तिमा समस्या भएको छ। तीन दिनदेखि अश्वारा खानेपानी आपूर्ति ठप्प भएको उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दिए। बाढीले चुनेपहरा र खरीबोट सम्पवेलका मुहानबाट बिस्तार गरिएका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि यो समस्या उत्पन्न भएको हो।
गएको बिहीबार आएको बाढीले लिस्ने खोलीमा रहेको चुनेपहरा मुहानको मुख्य पाइपलाइन बगाएको थियो। मर्मतका लागि प्राविधिक टोलीले शुक्रबार दिउँसो काम सकेर फर्किए पनि, फेरि साँझको बाढीले मर्मत गरिएको पाइपलाइनसहित खरीबोट नजिकको सम्पवेल पाइपलाइन पनि बगायो। त्यसपछि उपभोक्ता समिति र प्राविधिक टोलीले हिजो दिनभर मर्मत कार्य पुनः सम्पन्न गरेको छ।
अश्वारा खानेपानी समितिका सचिव ओपेन्द्र बस्नेतले पानी आपूर्ति भोलि बेलुका नियमित हुने जानकारी दिए। बाढीले वर्षेनि पाइपलाइनमा क्षति पुर्याउँदा उपभोक्ताहरूले खानेपानीको अभाव झेल्दै आएका छन्, किनभने मुख्य पाइपलाइन खोलाको किनारै किनार विस्तार गरिएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया