
९१ देशसँग घाटा बेहोरेको ‘नेपाल’ १२ देशसँग मात्र केही नाफामा

चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ ।
व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो ।
समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको साउनमा आयात निर्यातमा सरकारलाई १ खर्ब १५ अर्ब रुपैयाँ घाटा लागेको थियो ।
साउनमा भएको कूल व्यापारमध्ये सबैभन्दा बढी भारतसँग ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यताबाट ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । समीक्षा अवधिमा भारतसँग नेपालले खुद ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
यसैगरी समीक्षा अवधिमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले जम्मा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । चीनतर्फको व्यापारमा मुलुकलाई कूल २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ घाटा लागेको छ ।
त्यसो त पछिल्लो समय निकै राजनीतिक उथलपुथल भएको (हिंसा भड्किएको) दक्षिण एसियाली मुलुक बंगलादेशसँग समेत नेपालले २९ करोड ४९ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार साउनमा मात्र नेपालले बंगलादेशबाट ३२ करोड ७५ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तर, यसै अवधिमा यताबाट जम्मा ३ करोड ७५ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया