पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ संक्रमित थपिए

ई–साझाकुरा, कार्तिक १४

मुलुकमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

खबर सबै