

बाँकेबाट गएको वैशाखमा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी





रासस / बाँके : बैद्यनाथ गाउँपालिका–७ बाट गएको वैशाख ५ मा छोरासहित हराएकी एक महिला भुटानमा बन्दी भएको खुलेको छ । माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडेकी गणेश ठकुरीकी श्रीमती भुटानमा बेचिएको र बन्दी भएको खुलेको हो ।
रोजगारीका लागि भारतमा रहेका ठकुरी श्रीमती हराएको चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लाग्नुभएको थियो । खोजी गर्दा पनि श्रीमती सम्पर्कमा नआएको र पछि नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले ३० हजार भारतीय रुपैयाँमा बेचबिखन गरेको थाहा पाएको उहाँको भनाइ छ ।
भुटानमा गाडी चलाउने नेपाली चालक सुरज विकमार्फत खबर पाएपछि मात्रै भुटानमा बेचिएकोबारे थाहा भएको गणेशको भनाइ छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको गणेशले बताउनुभयो । जतिसक्दो चाँडो उद्दारका लागि पहिल गरिदिन प्रहरी प्रशासनमा अनुरोध गरेको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा जानकारी आएको र लगत्तै खोजीका लागि चारैतिर पहल गरिरहेको बताउनुभयो । प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उहाँले बताउनुभयो । अहिले भुटानमा रहेको निश्चित भएसँगै जतिसक्दो छिटो नेपाल झिकाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया