

एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट


काठमाडाैं । युरो २०२४ को दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगलको आज राति सामना गर्दैछ र यो अर्को हेर्नैपर्ने खालको खेल हुनेछ । फेरि यो फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचको सनसनीपूर्ण भेट पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
यो खेल हुनेछ, उपाधिका दुई प्रत्यासीको । तर अहिलेसम्म दुवै टिमले आफ्नो प्रतिष्ठा र अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।पोर्चुगलले पछिल्ला आफ्ना दुई खेलमा गोल गर्न सकेको छैन । फ्रान्सले भने यस प्रतियोगितामा ओपन प्लेबाट एकै गोल पनि गरेको छैन ।
–फ्रान्सले यसपल्ट जम्मा एकै गोल मात्र खाएको छ ।
नाल्डोले यस खेलमा गोल गर्न सके, यो युरोको इतिहासमै सबैभन्दा बढी उमेरका खेलाडीको गोल हुनेछ । नाकको चोटका कारण एमबापेले यस खेलमा पनि मास्क लगाएर खेल्नेछन् ।
सन् २००६ को विश्वकप सेमिफाइनल एकआपसमा भिडेको १८ वर्षपछि ठ्याक्कै त्यही दिन यी दुई टिम भिड्दै छन् । यस खेलमा फ्रान्स विजयी रहेको थियो र पोर्चुगलका लागि रोनाल्डोले पनि खेलेका थिए ।
यो खेललाई धेरैले एमबापेविरुद्ध रोनाल्डोको रूपमा हेर्न चाहेका छन् । एमबापेले ४८ गोल गरिसकेका छन् भने रोनाल्डोको नाममा १ सय २० गोल छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया