

सफ्टवेयरको सोर्सकोड चोरी गरेको आरोपमा एक जना पक्राउ



निओ एचआरआईएस नामक सफ्टवेयरको सोर्सकोड चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका घर भई हाल काठमाडौं त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत ३१ वर्षीय उमेशकुमार गुप्ता रहेका छन् ।
साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले गुप्तालाई मङ्गलबार काठमाडौंबाट पक्राउ गरेको हो ।
सफ्टवेयरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुऱ्याउने मनसाय लिएको भन्दै ब्युरोमा उजुरी परेको थियो । उक्त विषयमा ब्युरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट त्यस कार्यमा गुप्ता संलग्न रहेको देखिएको हो ।
आराेपी गुप्तामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया