

सल्यान : जिल्ला प्रशासन कार्यालय सेवा एक हप्तासम्म स्थगित



कार्तिक १३, ई–साझाकुरा
कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवाहरु एक हप्तासम्म बन्द हुने भएका छन् ।
एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा आज कात्तिक १३ गते देखी कात्तिक २० गतेसम्म स्थगित जानकारी दिएको हो ।
जारी सुचनाअनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न कर्मचारीहरुको बिभिन्न मितीमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भएकाले यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागी सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले सुचना जारी गरेर जानकारी दिएको हो ।
एकहप्ता सम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्दाको सुनुवाई तथा विपद् व्यवस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको जनाएको छ ।



खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया