

नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ : टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।
बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे ।
त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे ।
रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।
नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए । यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए ।
कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे ।
सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले १० रन मात्र खर्चिए ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया