

टि–२० विश्वकप : भारतको विजयी सुरुवात



न्युयोर्क : टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ३ छक्का हिर्काए ।
उनलाई ऋषभ पन्तले राम्रो साथ दिए । पन्तले २६ बलमा ३६ रन बनाएर टोलीलाई लक्ष्यमा पुर्याए । उनले ३ चौका र २ छक्का हिर्काए ।
सूर्यकुमार यादवले भने मात्र २ रन बनाएर पभिलियन फर्किएका थिए । विराट कोहली पनि सुरुवातमा नै १ रन बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ९६ रनमा सीमित बनेको थियो । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट बन्यो ।

आयरल्याण्डका लागि गेराथ डेलानीले १४ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।
भारतका लागि हार्दिङ पाण्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट हात पारे ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया