रोमाञ्चक खेलमा नामिबिया र ओमान बराबर, सुपर ओभर खेल्ने

ब्रिजटाउन : टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा रोमाञ्चक बराबरी भएको छ । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।

त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो । डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे । बराबर भए पछि अब सुपर ओभरबाट नतिजा आउने छ ।

प्रतिक्रिया

खबर सबै