

अमेरिकामा भएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाल विजयी



काठमाण्डौ : टी–२० विश्वकपको तयारीका लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । ह्युस्टनसँग नेपालले आज राति दोस्रो अभ्यास खेल खेल्नेछ ।
त्यसपछि नेपालले विश्वकप खेल्ने देशसँग औपचारिक अभ्यास खेल्नेछ । नेपालले जेठ १४ क्यानडा र जेठ १७ गते अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङग्लादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ गते अमेरिकाको डालास र जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । यस्तै जेठ ३२ गते दक्षिण अफ्रिकासँग र असार २ गते बङग्लादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया