
दहीसँग यी पाँच चिज कहिल्यै नखानुहोस्

काठमाडौँ । गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छ ।
गर्मीमा मानिसहरू प्रायः खानाको साथमा दही खान्छन् । कोही खाजामा रोटी वा च्यूरासँग पनि दहीको सेवन गर्छन् । दहीमा पानी मिसाएर खानेहरू पनि उत्तिकै पाइन्छ । दहीसँग खान नहुने केही कुराहरू पनि छन् । यस्ता चिजको सेवनले स्वास्थ्यलाई ठुलो हानि पुर्याउन सक्छ ।
आजको लेखमा हामीहरू दहीसँग कुन–कुन खानेकुरा खानु हुँदैन भन्नेबारे कुराकानी गर्नेछौँ ।
दूध र दही
दूध खाए लगत्तै दही खानु हुँदैन । दही मात्र होइन, दूध खाएपछि कुनै पनि फर्मेनटेड प्रडक्ट खानु हुन्न । यसो गर्दा पेट दुख्नुका साथै अन्य धेरै पाचन समस्याले सताउन सक्छ ।
दही र प्याज
प्याजबाट बनेको कुनै पनि चीजसँग दहीको सेवन गर्नु हुँदैन । प्याज गर्मी गराउने खानेकुरा हो भने दही चिसो गराउने यी दुईलाई सँगसँगै खाँदा कसै कसैलाई एलर्जीको समस्या हुन सक्छ । अनुहारमा बिबिरा आउने, छाला पोल्ने जस्ता समस्या पनि देखिन सक्छ ।
दहीसँग घ्यू
दही र घ्यू पनि सँगसँगै खानु हुँदैन । घिउमा चिल्लो हुन्छ । घिउसँगै दही खाँदा मेटाबोलिजम प्रक्रिया सुस्त हुन्छ । यसले आलस्य बढाउन र निद्रा लाग्ने जस्ता समस्या निम्त्याउँछ ।
अमिला फल
अमिलो फलफूलसँग दही खानु हुँदैन । दही खाएको बेलामा गोलभेँडा, मौसमी फलफूल, कागती वा अन्य फलफूलबाट टाढा रहनुहोस् । तरबूजसँग पनि कहिल्यै दही खानु हुँदैन । आयुर्वेदमा यी दुई खानेकुरालाई एक अर्काको विपरीत खानेकुरा मानिन्छ ।
आँप र दही
केही मानिसहरू दहीलाई म्याङगो सेकमा पनि हाल्छन् । दही एनिमल प्रोटिन हो । यो अन्य कुनै फलसँग मिलेर शरीरमा फर्मेन्ट हुन थाल्छ । यसका कारण शरीरमा अपच, एसिडिटी जस्ता समस्याहरू देखिन सक्छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया