


तीन महिनापछि विश्वभर एकैदिन ७ हजार संक्रमितको मृत्यु



कार्तिक १२, एजेन्सी
तीन महिनापछि विश्वभर एकैदिन ७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो। अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो। विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो। उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ।
हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ। अक्टोबरमा दोस्रोपटक अमेरिकामा मृतकको संख्या एकैदिन एक हजार नाघेको हो।त्यस्तै मंगलबार ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ। फ्रान्समा संक्रमित र मृतकको संख्या अकस्मात बढ्न थालेको हो।
हिजो विश्वभर चार लाख ५७ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ। अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।
खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन्। स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ। जाडो महीना सुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया