

गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दो, अस्पतालमा रगतको अभाव





चितवन | गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले रगतको अभाव देखिएको हो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक १ सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ ।
यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उनले जानकारी दिए ।
यहाँ माग पूर्ति गर्न नसक्दा अन्यत्रबाट रगत ल्याउने गरिएको भन्दै उनले एक महिना अघि पनि एक हजार युनिट रगत पोखराबाट ल्याइएको बताए । ‘गर्मी मौसममा रक्तदान कार्यक्रमको आयोजना कम हुन्छन्, प्रायः यस मौसममा रगतको अभाव हुने गर्दछ’, उनले भने ।
उनले रक्तदाताको सङ्ख्या घट्दा पनि रगतको अभाव देखिएको बताए । धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उनको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उनले बताए ।
ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताए ।
उनले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिए । रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उनको भनाइ थियो ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया