

किसानलाई अनुदान दिएर व्यवसायी बनाउन सके देश समृद्ध बन्छ : राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे





भगवती न्यौपाने, कपिलवस्तु । कृषि र किसानलाई सरकारले विशेष प्राथमिता दिनु पर्ने राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले बताउनु भएको छ । सरकारले किसानलाई अनुदान दिएर व्यवसायी बनाउन सकेमा देश समृद्ध छिटो बन्ने उहाँले बताउनु भयो । वाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको भवन हस्तान्तरण तथा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
किसानलाई व्यवस्थापन गर्न नसक्दा धेरै युवाहरु विदेशीनु परेको बताउदै यसलाई व्यवसायिक खेति प्रणलीमा जोड दिनु पर्ने उहाँको भनाई छ । राष्ट्यि सभा उपाध्यक्ष घिमिरेले किसानको उत्पादन उचित मुल्यमा सरकारले किन्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताउदै उहाँले भवनको दिगो व्यवस्थापन लाग्न समेत आग्रह गर्नु भयो ।
राष्ट्यि सभा उपाध्यक्ष घिमिरेले स्थायित्वको सरकार नहुदा बजेट निमार्णमा समस्या परेको समेत बताउनु भयो । सरकारमा बनेका कतिपय पुराना कानुनले काम गर्न अफ्ठारो परेको बताउदै कानुन परिमार्जन गर्दै अगाडि बढ्ने बताउनु भयो । साथै उहाँले जनता र सरकारको विचमा जिल्लाको विकासमा पुलको काम गर्ने दावी समेत गर्नु भयो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई बुटवल द्धारा कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नम्बर ८बोड्गाउमा निमार्ण गरिएको वाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको दुग्ध संकलन ताथ प्रशोधन केन्द्रको भवन उद्घाटनमा कार्यक्रममा आयोजना नर्देशनालयका निमित्त समन्वय प्रमुख सिवलाल भुसाल र पशु निदेशनलाय डा.लोकराज भुसालले कृषि उत्पादनलाई बढाउन सरकारले किसानलाई अनुदान बढाउनु पर्ने बताउनु भयो । संस्था नगर जिल्लामा मात्रै सिमित नबनेर लुम्बिनी प्रदेशमा राम्रो चिनारि बनेर काम गर्न आग्रह गर्नु भयो । साथै कहिले काही दुध उत्पादन बढि हुने तर विक्री नहुने हुदा दुधबाट धेरै परिकार बनाउन सकिने बताउदै यसबाट युवाहरुलाई रोजगारि दिन सकिने समेत उहाँहरुको भनाई छ ।
वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले नगरको पहिचान बोकेको यस संस्थाले सबै किसानको अपनत्व हुने गरि काम गर्न आग्रह गर्नु भयो ।
संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षता, उपाध्यक्ष कृष्ण प्रसाद पौडेलेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सुर्य प्रसाद भण्डारीले गर्नु भएको व्यवस्थापक केशब कुवारले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमा योजना अधिकृत डा. अरुण खनाल, ईन्जिनियर धमेन्रद्र यादव लगायत वाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, सल्लाकार किसानको उपस्तिथि रहेको थियो । प्रियोजनाबाट पुर्ण अनुदान अन्तर्गत ४० लाख १६ हजार, ३ सय ३६ मा भवन निमार्ण भएको हो ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया