
तातो हावा तथा लु बाट बच्न के गर्ने ?

गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ।
तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ। गर्मी मौसममा तापमान बढ्दै जाँदा लू या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ।
यस्तो अवस्थामा शरीरमा पानीको कमि हुने, तापमान बढ्ने, टाउको भारी हुने, आँखा पोल्ने, ज्वरो आउने, बेहोस हुने जस्ता समस्या देखिनसक्छन्।
तातो हावा तथा लु बाट बच्न के गर्ने
— दिउँसो घरबाट बाहिर ननिस्कने
— बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
— फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
— मदिरा सेवन नगर्ने
— चिसो पानीले नुहाउने
— खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
— क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
— चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
— कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं
यसका असरहरु
— हृदयको गति तीव्र हुने
— श्वासप्रश्वास र रक्तचाप कम हुने
— शरीरबाट पसिना ननिस्कने
— टाउको अत्यधिक दुख्ने
— चक्कर लाग्ने, अचेत हुने
— शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
— छाला सुक्खा, रातो र तातो हुने


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया