

पञ्जाब किंग्समाथि सनराइजर्स हैदरावादको रोमाञ्चक जित

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरावादले पञ्जाब किंग्समाथि रोमाञ्चक जित निकालेको छ।
गएराति मुल्लनपुरमा १८२ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो।
त्यसक्रममा कप्तान तथा ओपनर शिखर धवनले १४ रन मात्रै बनाए भने अर्का ओपनर जोनी बइर्स्टो शून्य रनमै आउट भए। शिखर धवनको विकेटपछि आएका प्रबशिमरन सिंह पनि ४ रनमा आउट भएका थिए।
त्यसपछि साम करणले २९, सिकन्दर राजाले २८ र जितेश शर्माले १९ रन बनाए।
शशांक सिंह ४६ रन र आशुतोश शर्मा ३३ रन बनाएर नट आउट रहे।
बलिङतर्फ भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश कुमार रेड्डी र जयदेव उनाडकटले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको हैदरावादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो।
हैदरावादका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ६४ रन हाने। उनले ३७ बला ४ चौका र ५ छक्का प्रहार गरे ।
त्रविस हेडले २१, अभिशेक शर्माले १६, राहुल त्रिपाठीले ११, हेनरिच क्लासेनले ९, अब्दुल शामदले २५ र शहबाज अहमदले १४ रन बनाए।
बलिङतर्फ अर्शदीप सिंहले ४ विकेट लिए। शाम कुरान र हर्षल पटेलले २/२ विकेट लिँदा कगिशो रबाडेले १ विकेट लिए।
पाँच खेलमध्ये ३ खेल जितेको हैदरावाद अंक तालिकाको पाचौं स्थानमा छ भने पञ्जाब २ खेल जितेर छैटौं स्थानमा छ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया