

नेपाल ‘ए’ टोलीमाथि आयरल्यान्ड ‘ए’ को ‘क्लिन स्वीप’

काठमाण्डाै : नेपाल ‘ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले ‘क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई ६९ रनले हराउँदै आयरल्यान्ड ‘ए’ ले शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।
आयरल्यान्ड ‘ए’ ले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९ ओभर ४ बलमा २ सय १५ रन बनाउँदा अल आउट भयो । नेपाल ‘ए’ का अर्जुन कुमालले शतक बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन १ सय १८ बलमा १ सय २ रन बनाए । यस्तै अर्जुन साउदले ३६ रन जोडे । नेपालले ‘ए’ ले २२ रन अतिरिक्त पायो । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का बेन ह्वाइटले ५ र गभिन होवेले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ‘ए’ का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।
एकदिवसीय क्रिकेट शृङ्खलामा आयरल्यान्ड ‘ए’ ले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया