

सुदुरपश्चिमलाई हराउदै हनामी बिएफसी कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश

वाणगंगा । हनामी बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । कपिलवस्तुको वाणगंगा बुद्धरंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई ११ लाई ३–० गोल अन्तरले हराउदै हनामी फाइनल प्रवेश गरेको हो ।
हनामीको जितमा विकास थापाले दुई गोल गरे भने तेजेन्द्र चौधरीले अर्को एक गोल थपे । खेलको १३औँ मिनेटमा तेजेन्द्रले गोल गर्दै हनामीलाई शुरूआती अग्रता दिलाएका थिए।
त्यसपछि ३६औँ र ६१औँ मिनेटमा विकासले गोल गर्दै हनामीलाई ३–१ ले विजयी गराए। खेलको म्यान अफ दी म्याच विकास नै घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। म्यान अफ दी म्याचको पुरस्कार गाय छाप ब्राण्ड पकडीले सौजन्य गरेको छ । प्रत्येक दिनको उक्त पुरस्कारको सौजन्य गाय छाप ब्राण्ड पकडी कपिलवस्तुले गर्दै आएको छ ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। पुलिसले बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र हनामी (भरतपुर फूटबल चितवन) भिड्ने भएका छन्।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया