

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप : नेपाल पुलिस उपाधि नजिक



कपिलवस्तु। थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पुगेको छ।
कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
पुलिसका लागि जर्सी नम्बर १८ का विवेक पाण्डेले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच निर्णयाक गोलकर्ता बिबेक पाण्डे भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।
म्यान अफ द म्याचको पुरस्कार गाय छाप ब्राण्ड पकडीले सौजन्य गरेको छ । प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कारको सौजन्य गाय छाप ब्राण्ड पकडीले गर्दै आएको छ ।
पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ र हनामी बीएफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीले दोस्रो सेमिफाइनल अन्तर्गत बिहीबार खेल्ने छन्। पुलिसले क्वार्टरफाइनलमा सहारा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारसँगको भेट पक्का गरेको थियो।
थ्रीस्टारले भने आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया