

नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश


बाणगङ्गा : कपिलवस्तुको वाणगङ्गामा जारी तिलौराकोट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
सोमवार साहारा क्लब पोखरा लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गरेका हुन् ।
दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्न सफल भए । पुलिसले थ्रि स्टार क्लब सँग सेमिफाइनल खेल्ने छ ।
प्रतियोगितामा आइतबार भएको खेलमा मच्छिन्द्र क्लबलाई ट्राइवेकरमा पराजित गर्दै हनामी बिएफसी चितवन सेमिफाइनल प्रवेश गरेको थियो । मछिन्द्रका कप्तान तथा राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीले पेनाल्टी मिस गर्दा मछिन्द्र ५–४ गोल अन्तरले पराजित भएको आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया